प्रतिनिधि चयन गर्न जसपाको परिपत्र

काठमाडौं— जनता समाजवादी पार्टी जसपाले आगामी २५ जेठसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन मातहत समिति र सङ्गठनलाई शुक्रबार परिपत्र गरेको छ ।
आगामी ९ असारदेखि हुने पार्टीको विधान अधिवेशनका लागि प्रतिनिधि चयन गरी केन्द्रीयमा पठाउन परिपत्रमार्फत भनिएको छ ।
जसपाको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या ७७८ हुने भएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० ०५:५७













