News Griha :: न्यूजगृह
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (शनिबार) को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ४२ पैसा र बिक्री दर १६५ रुपैयाँ १७ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ११ पैसा र बिक्री दर १४३ रुपैयाँ ७७ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०१ पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०७:१३
Weather Update