News Griha :: न्यूजगृह
 एमाले स्थायी कमिटी बैठक जारी, केन्द्रीय कमिटी बैठक पनि बस्दै 

काठमाडौं नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक अन्तर्रगत स्थायी कमिटी बैठक बसिरहेको छ । 

बिहीबारबाट जारी केन्द्रीय कमिटी बैठक अन्तर्रगतअहिले स्थायी कमिटीको बैठक बसिरहेको छ । त्यसपछि पुनः केन्द्रीय कमिटीको बैठक बस्ने छ । 

पार्टी कार्यालयमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन र प्रदेशगत रुपमा आएका मिसन 'ग्रास रुट' प्रतिवेदनमाथि विषयमा छलफल गरी पार्टीको आगामी कार्ययोजनामा समावेश गर्ने तथा पार्टीको कार्यदिशा निर्धारण गर्न बैठक बसेको हो ।

स्थायी कमिटीले राखेको प्रदेशगत कार्ययोजनालाई वार्षिक कार्ययोजनामा समावेश गर्न केन्द्रीय कमिटीमा प्रस्तुत गरि पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले जवाफ दिने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बैठकमा एमालेले सङ्गठनलाई बलियो बनाउने तथा आगामी ०८४ को निर्वाचन लक्षित वार्षिक कार्ययोजना बनाउनेबारे छलफल हुने पनि तय भएको छ ।  


 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०९:१७
Weather Update