News Griha :: न्यूजगृह
नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कडा सजाय दिनुपर्छ : नेता कोइराला 

काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कडा कारबाही गरिनुपर्ने बताएका छन्।

नक्कली शरणार्थी प्रकरणमा पार्टीका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रहरीको हिरासतमा रहेका बेला कांग्रेस नेता कोइरालाले त्यसमा संलग्न दोषीलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने कुरा दोहोर्‍याएका हुन्। 

नेता कोइरालाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करीजस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौँ। तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ।’

यसअघि उनले विराटनगरमा पनि पत्रकारसँग नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई छाड्न नुहने बताएका थिए।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १०:०३
Weather Update