ऐक्यवद्धता
भ्रष्टलाई रास्वपामा स्थान छैन : रवि लामिछाने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानले आफ्नो पार्टीमा भ्रष्टहरूको लागि कुनै स्थान नरहेको दाबी गरेका छन् ।
माइतीघरमा भएको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ऐक्यबद्धता जनाउन पुगेका उनले आफ्नो पार्टीले भ्रष्टहरूलाई कुनैपनि स्थान नदिने र अन्य पार्टी पनि सोही नीति लिएमा भ्रष्टाचार निर्मूल हुने दाबी गरे ।
उनले भने ‘भ्रष्टहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनैपनि स्थान छैन् । अन्य राजनीतिक दलहरूले पनि यही गरुन् भन्ने चाहन्छु ।’
शनिबार बिहानैदेखि स्वतःस्फूर्त रुपमा सहभागी भएकाहरूले भ्रष्टाचारी विरुद्ध चर्का नारासहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी, विवेकशील साझाका मिलन पाण्डेलगायत सहभागि थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० १३:२४













