News Griha :: न्यूजगृह
अझै झरेनन् बिहानैदेखि हाइटेन्सन लाइनको टावरमा चढेका एक युवक

काठमाडौं— मोरङको बुढीगंगा गाउँपालिका– ७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी हाइटेन्सन प्रसारण लाइनको टावरबाट अझै झर्न मानेका छैनन् । 

स्थानीय सडकमा निर्माण भइरहेको रिटेनिङ्ग पर्खालको निमार्ण कार्य रोक्नुपर्ने माग राख्दै शनिबार बिहान प्रसारण लाइनको टावरमा चढेका उनी अहिलेसम्म झरेका छैनन् ।

माझीलाई प्रसारण लाइनवाट तलआउन र माग सम्बोधन गर्ने सम्बन्धमा पालिकाका उपाध्यक्षसँग कुराकानी भएको जानकारी दिइ सम्झाउँदा समेत माझी टावरबाट उत्रिन मानेका छैनन् । माझीलाई हाइटेन्सन लाइनको टावरबाट झार्नका लागि प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १४:४९
Weather Update