News Griha :: न्यूजगृह
धवलागिरि हिमपातमा परी बेपत्ता तामाङको शव काठमाडौं ल्याइयो

काठमाडौं— धवलागिरि हिमाल क्षेत्रमा गत २० असोजमा भएको भारी हिमपातमा परी बेपत्ता भएका हिमाल आरोहण पथप्रदर्शक रामबहादुर तामाङको शव आधार शिविरबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

shav-uddhar-nepal-army-dhaulagiri-himal-1683978194.jpg

धवलागिरि हिमाल आरोहणका लागि कोरियाली नागरिकको टोली लिएर जाने क्रममा त्यस क्षेत्रमा भएको हिमपातका कारण उनी बेपत्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

346119181_743793400870179_5926481408984266900_n1683978208.jpg

त्यस बेलादेखि नै उद्धारका लागि विभिन्न प्रयास गरिँदै आएकामा प्रतिकूल मौसमका कारण कठिनाइ भएको थियो । पछिल्लोपटक सेनाको सहयोगमा शेर्पा आरोही सम्मिलित टोलीले यही २८ र २९ वैशाखमा खोज्ने क्रममा करिब पाँच हजार मिटरको उचाइमा शव फेला परी आधार शिविर ल्याएको थियो ।

346105816_196473703262025_7244830166613720381_n1683978272.jpg

रासस

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १७:४३
Weather Update