News Griha :: न्यूजगृह
उपसभामुख राना सिङ्गापुर जाँदै

काठमाडौं— उपसभामुख इन्दिरा राना एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार राति सिङ्गापुर जाँदै छिन् । 

अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी विश्व व्यापार संगठन र एस. राजारत्नम स्कुल अफ इन्टरनेशनल स्टडिजले संयुक्त रूपमा आयोजना गरेको कार्यशालामा भाग लिन उनी त्यहाँ जान लागेकी हुन् । 

प्रतिनिधिमण्डलमा सांसदहरू अम्मरबहादुर रायमाझी र विनोदकुमार चौधरी छन् । 

शनिबार राति ११ बजे प्रस्थान गर्ने टोली ४ जेठमा नेपाल आइपुग्ने कार्यक्रम छ । 
346108131_1406561546785565_8868396275671086654_n1683990079.jpg

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  २०:४६
Weather Update