News Griha :: न्यूजगृह
एमालेले कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
फाइल तस्बिर ।

काठमाडौं— नेकपा एमालेले कम्युनिस्ट पार्टीको ‘अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ । एमालेको ललितपुरस्थित पार्टी मुख्यालयमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्षका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । 

विश्व कम्युनिस्ट आन्दोलनका लागि नेपालको कम्युनिस्ट आन्दोलन उदाहरणीयरुपमा रहेकाले यही वर्ष कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

‘जनताको बहुदलीय जनवादका माध्यमबाट हामीले कम्युनिस्ट आन्दोलनमा  ठूलो योगदान दिएका छाँै । आजको सन्दर्भलाई लिएर माक्र्सवादको सिर्जनात्मक प्रयोग लिएर विश्वका कम्युनिस्ट पार्टीको सम्मेलन गर्न थालेका छौँ,’ उनले भने । रासस

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  २१:२५
Weather Update