राजनीति
प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटघाट

काठमाडौं— प्रमुख तीन दलका शीर्ष नेताबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको छ ।
छलफलमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहभागी रहेका छन् । तीन दलका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
नक्कली भुटानी शरणार्थीको विषयमा अनुसन्धान भइरहेका बेला तीन दलका शीर्ष नेताहरूको भेटघाटलाई चासोका साथ हेरिएको छ ।
यसअघि शीर्ष नेताहरूले टीआरसी, संसदीय समितिहरूका सभापति चयनलगायतका विषयमा छलफल गरेका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० १०:२१













