News Griha :: न्यूजगृह
संसदीय गतिविधि हेर्न नेम्वाङ, पाण्डे र लेखकलाई जिम्मेवारी

काठमाडौं— संसद्मा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय गतिविधि हेर्न तीन नेतालाई जिम्मेवारी दिएका छन् ।

आइतबार बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले नेकपा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई जिम्मेवारी तोेकेको हो ।

संसद्मा विचाराधीन विधेयक, विधेयकमा रहेका विषयवस्तु, संसदीय विषयगत समितिको नेतृत्व, संयुक्त समितिमा रहने सदस्य लगायतका विषयमा छलफल गर्ने र निर्णयका लागि तीन दलको बैठकमा पेस गर्नेगरी तीन नेतालाई जिम्मेवारी दिइएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, एमाले संसदीय दलका उपनेता नेम्वाङ, कांग्रेस प्रमुख सचेतक लेखक, माओवादीका मुख्य सचेतक पाण्डेको सहभागीतामा बैठक बसेको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १६:०१
Weather Update