News Griha :: न्यूजगृह
राप्रपाको केन्द्रीय समिति बैठक बस्दै, लिङ्देनले राजनीतिक प्रतिवेदन पेस गर्ने

कठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सोमबारदेखि ३ जेठसम्म केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौंको धूम्रबाराहीमा बस्दै छ ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका विषमा छलफल गरिने नेता राजाराम श्रेष्ठले बताए ।

अध्यक्ष राजेन्द्र लिङ्देनले भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् । सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि पेस गरिनेछ ।

बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्नेछन् । पार्टीको कार्ययोजनाको समीक्षा गरी आगामी कार्यदिशा तय गरिनेछ ।

गत साउनमा सम्पन्न पूर्ण बैठक करिब १० महिनापछि बस्न लागेको बैठकको तयारी सबै पूरा भएको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०६:००
Weather Update