News Griha :: न्यूजगृह
आगामी वर्षको कार्यक्रम पेस गर्न विभागीय प्रमुखलाई कामपाको निर्देशन

काठमाडौं— काठमडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमा गरेर १० जेठभित्र पेस गरिसक्न विभागीय प्रमुखलाई निर्देशन दिएको छ ।

कामपाको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले आइतबार विभागीय प्रमुखहरूको बैठकमा चालु आर्थिक वर्षको सिलिङ नबढ्ने गरी, कार्यान्वयन योग्य कार्यक्रम तर्जुमा गर्न विभिगीय प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।

‘महानगर गौरवका योजना के हुन सक्छन् ? सोच र परिकल्पना पत्र निर्माण गर्नुहोस्’,अधिकारीले भने, ‘हामीले महानगर कस्तो बनाउन चाहेका छौँ । कार्यक्रमबाट देखिनुपर्छ । यी कार्यक्रम नागरिकसँग जोडिने खालका हुनुपर्छ । कार्यान्वयन योग्य हुनुपर्छ ।’

आर्थिक वर्ष २०८०/८१ अधुरा योजना पूरा गर्ने वर्ष हुने र त्यसपछि कुनै पनि अधुरा योजना बाँकी नरहने गरी कार्यक्रम तर्जुमा गर्न पनि बैठकमा उनले जोड दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०६:२३
Weather Update