
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
नेपाली सानो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु ३० रुपैयाँ, सेतो आलु २६ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, लोकल गाँजर ७० रुपौयाँ प्रतिकेजी मूल्य निर्धारण गरेको छ ।
भारतीय सुकेको प्याज ३५, लोकल घिउ सिमी ७०, मटरकोशा १४०,तने बोडी ४०, भन्टा डल्लो ६०, भटमासकोशा ११०, तिते करेला ६०, लौका ५०, परवल ११०, घिरौंला ५०, हरियो फर्सी ४५, कन्य च्याउ ११०, डल्ले च्याउ ३००, कुरीलो ३००, ब्रोकाउली ११० र तोफु १००, रुख कटहर ६०, लोकल काँक्रो ११० रुपैयाँमा बिक्री भइरहेको छ ।
चमसूरको साग १२०, पालुंगो साग १२०, रायो साग ४०, तोरीको साग ३०, हरियो प्याज ८०, हरियो लसुन ११०, मेथिको साग ११०, हरियो धनियाँ ५०, रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।
हरियो अंगुर १८०, कालो अंगुर ३५०, अनार२५०, कागती २००, आभोकाडो ४००, तरबुजा ३०, नेपाली मेवा ६०, फूजी स्याउ २५०, मौसम १५०, केरा दर्जनको १४०, दशहरी आँप (भारतीय) २०० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।













