News Griha :: न्यूजगृह
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा सोमबार भएको भेटवार्तामा सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

राष्ट्रिय सभाका अध्यक्षको सचिवालयका अनुसार भेटमा सङ्घीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न  संसद्को संयुक्त बैठक लगायतका विषयमा छलफल भएको छ ।  

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १०:५४
Weather Update