नेकपा एमाले निकट युवा–विद्यार्थी सङ्गठनले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै

काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट युवा–विद्यार्थी सङ्गठनले सोमबार भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।
स्थापना दिवसको अवसर पारेर अनेरास्ववियु तथा युवा संघले संयुक्तरुपमा सोमबार बिहान ११ बजेपछि काठमाडौंमा प्रदर्शन गर्न लागेका हुन । प्रदर्शन प्रदर्शनी मार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसबाट सुरु हुने आयोजकले जनाएको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले भने, ‘यो मुलुकलाई काण्डै काण्डको मुलुक बनाउने नेताहरूको प्रवृत्तिको विरुद्ध आजको विद्यार्थी दिवसलाई भ्रष्टाचार विरुद्धको प्रर्दशनको रुपमा मनाउन लागिएको बताए ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा भीभीआईपीहरू पक्राउ परिरहेको बेला एमाले निकट युवा र विद्यार्थी सङ्गठनहरूले ‘दोषी नछुटुन्, निर्दोष नफसून्’ भन्ने नाराका साथ विरोध प्रदर्शन गर्न लागेको हो ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० ११:१४













