News Griha :: न्यूजगृह
२ सयले बढ्यो सुनको मूल्य

काठमाडौं—  नेपाली बजारमा आज कारोबारकोदोस्रो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।

आइतबार सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार २ सयले बढेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।  सोमबार  चाँदीको मूल्य भने स्थिर नै रहेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ११:५७
Weather Update