News Griha :: न्यूजगृह
शीर्ष तीन दलको बैठक नक्कली शरणार्थी प्रकरण मिलाउन बस्ने गरेको रास्वपाको आशंका

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन दलका शीर्ष नेताहरू बसेर नक्कली भुटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ ।

आइतबार साँझ सिंहदरबारमा बसेको संसदीय दलको बैठकले नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्ट्याउने प्रयास गर्नु नहुने निष्कर्ष निकालेको हो । बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्न नहुने पनि स्पष्ट पारे ।

‘तीन दल कुनै न कुनै हिसाबले भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन्, बाहिर आएको कुरा छ, त्यो घटना मिलाउनका लागि तीन दल बस्नु भएन, हामी उहाँहरूसँग चारौँ दल भएर राजनीतिक लेनदेन गर्नेछैनौँ,’ उनले भने । 

प्रमुख सचेतक परियारले रास्वपा राजनीतिक लेनदेनमा नबस्ने भन्दै संसद् प्रभावकारी बनाउनुपर्ने बताए । उनले लोकतन्त्रलाई बलियो बनाउने र प्रभावकारी बनाउने हो भने सबै राजनीतिक पार्टीहरूलाई हैसियत अनुसारको समितिको नेतृत्व दिनुपर्ने स्पष्ट पारे । 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १२:३३
Weather Update