News Griha :: न्यूजगृह
ठूला दलका नेता पछिल्लो प्रकरणलाई निस्तेज गर्न खोज्दैछन्ः जसपा नेता यादव

काठमाडौं— जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरण निस्तेज पार्न ठूला दलका नेताहरू सक्रिय भएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक सयम लिएर बोल्दै यादवले पछिल्लो प्रकरण सामान्य भ्रष्टाचार मात्र नभई देशद्रोह भएको उल्लेख गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन सबै पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्ने बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीतिक दलहरूप्रति जनताको विश्वास कम गर्ने काम गरेकोले पनि अनुसन्धानलाई राजनीतिक तवरबाट प्रभावित गर्न नहुने बताए । ‘अहिले जसरी ठूला दलका नेताहरू दिनहुँ भेटिरहेका छन । र, आम जनमानसमा एउटा शंका निर्माण हुने अवस्था सृजना भएको छ । त्यस्तो हुनु हुँदैन,’ उनले भने । 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १४:३८
Weather Update