संसदीय समितिकाे बैठक मंगलबार बिहान

काठमाडौं— प्रतिनिधि सभा गठन भएको छ महिनापछि अर्थात मंगलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ ।
सभामुख देवराज घिमिरेले कानुन निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए ।
उनको सुझावअनुसार प्रतिनिधि सभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भएको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
समितिका सभापति चयन नभएसम्मका लागि बैठकको अध्यक्षता हाल तत् तत् समितिका ज्येष्ठ सदस्यले गर्नेछन् ।
समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, परिचय कार्यक्रम हुने र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची बनाइएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० १७:३५













