यूरोको भाउ बढ्यो

काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
सोमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । आज डलर खरिद दर १३१ रूपैयाँ ७९ पैसा र बिक्री दर १३२ रूपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो ।
राष्ट्र बैंकका अनुसार सोमबार यूरोपियन यूरो एकको खरिद दर १४० रूपैयाँ ५९ पैसा र बिक्री दर १४१ रूपैयाँ २३ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४१ पैसाले बढेको हो ।
आइतबार यसको खरिद मूल्य १४० रूपैयाँ १९ पैसा र बिक्री मूल्य १४० रूपैयाँ ८२ पैसामा कारोबार भएको थियो ।
कुन देशको मुद्राको मूल्य कति ?
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १०:०७













