
काठमाडौं— नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक वित्तीयसँग सम्बन्धित दोस्रो रणनीति पास गर्ने अन्तिम चरणमा रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले वित्तीय क्षेत्रको पहिलो चरणको रणनीति कार्यन्वयन गरिसकेको बताउँदै दोस्रो रणनीतिको अन्तिमा चरणमा रहेको बताएका हुन् ।
दोस्रो रणनीतिमा बीमासँग सम्बन्धित विषयमा बीमा प्राधिकरण र बीमासँग सम्बन्धित संथाहरूको महत्त्वपूर्ण सुझाव लिने उनले जानकारी दिए ।
उनले भने,‘हामीले वित्तीय क्षेत्रको राष्ट्रिय पहिलो रणनीति कार्यान्वय गरिसकेका छौं । दोस्रो रणनीति पास गर्ने अन्तिमा छौं । त्यो रणनीतिभित्र वित्तीय क्षेत्रभित्रको बीमासँग सम्बन्धित विषयहरूमा बीमा प्राधिकरण र बीमासँग सम्बन्धित संथाहरूको महत्त्वपूर्ण सुझावहरु लिन्छौं र सही रणनीति लिएर अगाडि बढ्ने छौं ।’













