News Griha :: न्यूजगृह
राप्रपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । 

सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा छलफल सुरु भएको हो । 

यसैगरी, बैठकमा अध्यक्ष लिङदेनले पेस गरेको राजनीतिक प्रतिवेदनसहित महामन्त्रीको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।  

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १०:५९
Weather Update