News Griha :: न्यूजगृह
एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं— नेपाली बजारमा मङ्गलबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँ पुगेको छ । सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ११:५३
Weather Update