News Griha :: न्यूजगृह
सत्य निरूपण र सम्पत्ति शुद्धीकरण विधेयक छिट्टै टुङ्ग्याउनुपर्छ : मन्त्री गुरुङ

काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग र सम्पती शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन् । 

मङ्गलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक र सम्पती शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई छिट्टै टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका हुन् । 

उनले यी दुवै विधेयकहरूको महत्वलाई बुझ्दै छिटोभन्दा छिटो प्रक्रियामा लगेर अगाडि बढाउनुपर्ने बताए । 

मन्त्री गुरुङले समितिले दिने निर्देशनलाई नेपाल सरकारले अङ्गिकार गर्ने बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १४:२२
Weather Update