सांसद शर्माद्वारा नक्कली भूटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग

काठमाडौं— नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गरेका छन् ।
मङ्गलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारको नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धानको प्रक्रिया कहाँसम्म पु¥याएको हो भन्ने जवाफ दिनुपर्ने बताए ।
सांसद शर्माले सरकारले नक्कली भूटानी शरणार्थीमा छानबिनका लागि सबै दलको समर्थन पाएको भन्दै दोषी नउम्किने र निर्दोष नफस्ने गरी कारबाही अघि बढाउनुपर्नेमा जोड दिए ।
‘यसमा गृहमन्त्रीज्यूको भनाइ हामीले सुन्न पाएका छैनौँ । के कस्तो प्रकार अवस्था छ, निर्दोष फस्नु नहुने र दोषी उम्किनु नहुने स्थिति बनाउका लागि सरकारले के गतिविधि गरिरहेको छ, नक्कली भूटानी शरणार्थीको छानबिनको सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारेमा जानकारी गराउन आवश्यक छ,’ उनले भने ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० १५:२४













