मन्त्रिपरिषद् बैठक सुरु, नीति तथा कार्यक्रमका बारेमा छलफल हुने

काठमाडौं— मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा ५ जेठमा ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ ।
भर्खरै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका नीति तथा कार्यक्रमबारे राय लिन बोलाएको १० दलीय गठबन्धनको बैठक सकिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० १७:१९













