News Griha :: न्यूजगृह
युवा नेताहरूले गरे कांग्रेस रूपान्तरण अभियान घोषणा

काठमाडौं— नेपाली कांग्रेसका युवा नेताहरूले नेपाली कांग्रेस रूपान्तरण अभियानको घोषणा गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, युवा नेताहरू गुरु घिमिरे, रञ्जित कर्ण र भुपेन्द्रजंग शाहीलगायतका नेताहरूले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेस रूपान्तरण अभियानको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेस पार्टी जमुवा पोखरीझैँ भएको बताए । उनले कांग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी कांग्रेस रुपान्तरणको सम्भावना नभएको भन्दै आफूहरुले पार्टीको समय सापेक्ष रूपान्तरण गर्ने बताए ।

अभियानले ११ जेठ जनकपुर, १६ जेठ काठमाडौं, २० जेठ पोखरा, २२ जेठ दाङ, २४ जेठ सुर्खेत, २६ जेठ धनगढी, २९ जेठ इटहरी र ३१ जेठमा पुनः काठमाडौंमा बृहत् भेला तथा अन्तरक्रिया कार्यक्रम राखेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १८:३७
Weather Update