News Griha :: न्यूजगृह
प्रधानमन्त्रीसँग अस्ट्रेलियाका सहायक विदेशमन्त्रीको भेटवार्ता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकास र समृद्धिमा अस्ट्रेलिया सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए । प्रधानमन्त्री दाहालले  अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याका बारेमा चासो व्यक्त गरे । सो अवसरमा उनले अस्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।

pm-prachanda-with-australian-assistant-foreign-minister-1684302325.jpg

भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो । 

मन्त्री वाट्सले अस्ट्रेलियामा नेपालीले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरे । उनले नेपालको विकास र समृद्धिको अभियानमा अस्ट्रेलिया सरकार र जनताको सहयोग निरन्तर रहने विश्वास दिलाए । रासस

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ११:३०
Weather Update