News Griha :: न्यूजगृह
संरक्षक चौधरीलाई जन्मकैद भएपछि नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्दको घोषणा

काठमाडौं— सत्तरूढ दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ । 

टीकापुर घटनामा पार्टीका संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला यथावत् राखेपछि नाउपाले नेपाल बन्दसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

बुधबार नाउपाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले चौधरीको मुद्दा राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने भनाइ राखे । 

उनले भने ‘यदि लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुने छौँ । जेष्ठ ३, ४, ५ गते देशव्यापी राँके जुलुश प्रर्दशनी, कोण सभा र जेष्ठ ६ गते देखि १० सम्म “नेपालबन्द“ गर्ने छौँ ।’

उनीहरूले अहिलेको सरकारले २०७२ सालमा टीकापुरमा घटेको घटना किन राजनीतिक बनाउन नचाहेको भन्दै प्रश्न पनि गरेका छन् । 

सर्वोच्चको फैसला फैसला स्वीकार्य भए पनि यो राजनीतिक मुद्दा अदालती नभएको उनीहरूको जिकिर छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १४:३२
Weather Update