‘सरकार गठबन्धनका महानगर कमिटी’ भ्रष्टाचारविरुद्ध एक

काठमाडौं— सरकार गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, काठमाडौं महानगरपालिका कमिटीका अध्यक्ष, इन्चार्ज र सचिवहरूले नक्कली शरणार्थी काण्डविरुद्ध सरकारको कदमप्रति ऐक्यबद्धता जनाएका छन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार संयुक्त रूपमा भेटेर भ्रष्टाचारविरुद्धको संघर्षमा आफूहरू एक रहेको र अब सबै काण्डलाई छानबिनको दायरामा ल्याउनुपर्ने उनीहरूले बताए ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० १६:०८













