News Griha :: न्यूजगृह
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला भन्छन्– नयाँ योजनाहरू थप गर्ने पक्षमा छैन

काठमाडौं— भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफू नयाँ योजनाहरू थप गर्ने पक्षमा नरहेको बताएका छन् ।

बुधबार अपरान्ह सिंहदरबारस्थित आफ्नै कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गरी उनले मुलुक आर्थिक रूपमा संकटमा भएकाले नयाँ योजनाहरू थप गर्न नसकिने बताए ।

आगामी आर्थिक वर्षमा नयाँ योजनामा नजाने तर पुरानै योजनालाई राम्रोसँग सम्पन्न गर्ने आफूहरूको नीति रहेको मन्त्री ज्वालाको भनाइ छ ।

उनले भने,‘नयाँ प्रोजेक्टहरूलाई अगाडि बढाउन धेरै गाह्रो छ । यो घटेको सिलिङबाट नयाँ प्रोजेक्ट पनि अगाडि बढाउनु भनेको पुरानालाई मार पार्ने पनि त हो नि । त्यसकारण पुरानालाई चाहिँ एकदम राम्रोसँगले अगाडि बढाउने किसिमले जाऊँ । नयाँ कुनै पनि मन्त्रालयको योजना  तर हामी नयाँ प्रोजेक्टमा धेरै नजाने गरी प्रयत्न गरेका छौं ।’

मन्त्री ज्वालाले गलत काम गर्ने कर्मचारीहरूलाई आफूले नछोडने चेतावनी दिए ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १८:१३
Weather Update