पार्टी शुद्धीकरण गर्ने बेला आएको छ : गगन थापा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतालाई पनि कुनै अभियोग लाग्दा निलम्बन गरिनुपर्ने मत केन्द्रीय समितिमा राखेको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन कार्यक्रममा थापाले सो कुरा बताएका हुन् ।
उनले भने,‘अनुहारमा दाग लागेका बेला ऐना पुछेर समस्या समाधान हुँदैन । पार्टीभित्र शुद्धीकरणका लागि काम गर्ने बेला आएको छ । यसमा प्रजातान्त्रिक विचार समाजको पनि साथ र सहयोग आवश्यक पर्छ । समाजले कांग्रेसको शुद्धीकराणका लागि आलोचनात्मक दबाब दिनुपर्छ ।’
निर्वाचनअघि सरकारमा जानकै लागि गठबन्धन गर्नु गल्ती भएको स्वीकार गर्दै महामन्त्री थापाले त्यसलाई रोक्न नसक्नुसमेत कमजोरी भएको बताए ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० २०:३४













