News Griha :: न्यूजगृह
तीन संसदीय समितिको बैठक बस्दै 

काठमाडौं— संघीय संसद्अन्तर्गत तीन वटा समितिको बैठक बस्दैछ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहीबार बिहान सिंहदरबारमा बस्दैछ ।

राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बिहीबार दिउँसो ३ बजे र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहीबार दिउँसो १२:३० बजे बस्ने कार्यसूची छ । 

तीनै बैठकमा समसामयिक विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०८:२२
Weather Update