मधेस प्रदेश सभाको बैठक बस्दै

जनकपुरधाम— मधेस प्रदेश सभाको बैठक बिहीबार बस्न लागेको छ ।
बिहीबार दिउँसो २ बजे प्रदेश सभा बैठक बस्न लागेको प्रदेश सभा सचिवालले जनाएको छ ।
महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री सञ्जयकुमार यादवले बैठकमा प्रस्तुत गर्ने र त्यसअघि विशेष समयमा सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिव रञ्जीतकुमार यादवले जानकारी दिए । रासस
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० ११:५२













