News Griha :: न्यूजगृह
प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्रीले गरे सभामुखसँग छलफल 
फाइल तस्बिर ।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । 

बिहीबार प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग संसद् भवन नयाँ बानेश्वरमा छलफल गरेका हुन् । 

प्रधानमन्त्री र सभामुखको छलफलका कारण बिहान ११ बजे सुरु हुने भनिएको प्रतिनिधि सभाको बैठक सुरु हुन सकेको छैन ।

संसद् बैठकमा बिहीबार प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ  । 

प्रधानमन्त्री प्रचण्डलाई सोधिने प्रश्नहरू तयार भइसकेको छ । 

संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउनेछन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १२:००
Weather Update