News Griha :: न्यूजगृह
आफ्नै सहयोगीलाई जेल हाल्न आँट गर्नुपर्छ : मन्त्री किराती

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जुन देशमा भ्रष्टाचार हुन्छ त्यो देश कहिले पनि सफल नहुने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित नाटाको २४औँ राष्ट्रिय अधिवेशनमा मन्त्री किरातीले आफ्नै सहयोगदातालाई जेलमा आराम गराएर आफूले राज्यसत्ता हाक्न आटँ गर्नेले केही गर्न सक्ने बताए । 

उनले भ्रष्टाचार कुनै पनि हालतमा सैह्य नहुने बताउँदै यो देशलाई भ्रष्टाचारबाट मुक्त गराउन सके मात्र विकास हुन सक्ने पनि प्रष्ट पारे । 

उनले भने ‘जो भ्रष्टाचारमाथि उदार हुन्छ त्यो देश कहिले पनि सफल हुँदैन । आफ्नै सहयोगीलाई जेलमा आराम गराएर आफूले राज्यसत्ता हाक्न आँट गर्नुपर्छ । भ्रष्टाचार हाम्रो शत्रु हो । म तपाईंहरूलाई आग्रह गर्छु, भ्रष्टाचार अन्त्यको निम्ति यो सरकारले चौतर्फी अभियान सञ्चालन गर्नेछ ।’ 

मन्त्री किरातीले पर्यटनको विकास आवश्यक भएकोले त्यसमा आफूहरू लागि परेको बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १२:०९
Weather Update