News Griha :: न्यूजगृह
तोलामा ३ सयले घट्यो सुनको मूल्य

काठमाडौं— बिहीबार कारोबारको पाँचौ दिन नेपालीबजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख ९ हजार ७८ सयमा कारोबार भइरहेको छ । 

यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ । 

बुधबार छापावाल सुन १ लाख १० हजार र तेजाबी सुन १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय ७० रुपैयाँ तोलामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १२:२०
Weather Update