News Griha :: न्यूजगृह
‘एक महिनाभित्र नागरिकता विधेयकको टुङ्गो लगाउँछौँ’

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिनाभित्र नागरिकता विधेयकको टुङ्गो लाग्ने बताएका छन् । 

प्रतिनीधि सभामा सांसदहरूको सवाल जवाफमा उत्तर दिँदै प्रधानमन्त्री दाहालले भने, ‘एक महिनाभित्र यसको टुङ्गो लगाउछौँ । संविधानविद्हरूसँगको छलफलबाट दुइटा बाटो पहिल्याएका छौँ । संकल्प प्रस्तावमार्फत त्यो विधेयक प्रमाणित गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने या मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपतिलाई प्रमाणीकरण गर्न अनुरोध गर्ने हुन सक्छ ।’ 

तर, त्यो विधेयकलाई खारेज गरेर अर्को विधेयक ल्याउन मत पनि संसद् र बाहिर जनमत रहेको उनले बताए । भन्छन्, ‘कतिले सो विधेयक मृत भएको धारणा राख्नुभएको छ । त्यही भएर यही गर्ने भन्ने छैन ।’ 
 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १४:०४
Weather Update