News Griha :: न्यूजगृह
चित्रबहादुर केसीको प्रश्न : प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारत नै किन ?

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएपछि भारत नै पहिला जानुपर्ने त्यस्तो कुनै बाध्यता नरहेको प्रष्ट पारेका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद चित्रबहादुर केसीले नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुनुपर्ने कारण के हो ? भन्दै राखेको जिज्ञासामा उनले त्यस्तो कुनै बाध्यता नरहेको बताएका हुन् ।

उनले भने ‘भारत भ्रमण गर्नुपर्ने नेपालमा त्यस्तो कुनै बाध्यता छैन । त्यसको जवाफ मैले पहिलो प्रधानमन्त्री कालमा दिइसकेको छु, व्यवहारबाट नै भारत भ्रमण गर्ने प्रचलन भएपनि त्यस्तो कुनै राजनीतिक बाध्यता छैन ।’

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १४:४५
Weather Update