News Griha :: न्यूजगृह
पूर्वअर्थमन्त्री पाण्डेको सुझाव– आगामी बजेटमा चालु खर्च कटौती गर्नुपर्छ

काठमाडौं— पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी बजेटमा चालु खर्च कटौती गर्नुको विकल्प नभएको सुझाव दिएका छन् ।

बिहीबार काठमाडौंमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले चालु खर्च कटौती गर्नुपर्ने सुझाव दिएका हुन् ।

उनले भने,‘सरकारले चालु खर्चलाई कटौती गर्नुपर्छ । यसको कुनै विकल्प छैन । अहिले  धेरै उत्साहित भएर बजेट बाँड्नसक्ने स्थिति छैन ।’  

उनले अहिले राजनीतिक पार्टीहरूले एकअर्कालाई आरोपप्रत्यारोप लगाउँदा लगाउँदै अर्थतन्त्रको सिंगो जहाज खतरामा पर्ने अवस्था देखिएको पनि बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १८:५३
Weather Update