News Griha :: न्यूजगृह
वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकार  

काठमाडौं— सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुँदै छ ।

संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । 

नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

त्यसपछि राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको लागि प्रतिनिधि सभाको बैठकले  राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०६:१९
Weather Update