नेसपा अध्यक्ष डा.भट्टराई भन्छन्– स्वार्थ पूरा गर्ने खेल नदोहोरियोस्

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सामरिक स्वार्थ पूरा गर्ने पुरानै खेल नदोहोर्याउन सचेत गराएका छन् ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र भत्काउन बाह्य शक्तिहरू सक्रिय भएको खबर आउनु गम्भीर रहेको डा.भट्टराईले बताएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्,‘नेपालमा निर्वाचित संविधानसभाबाट बनाएको संविधानका प्रमुख आधारस्तम्भहरू– गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र एकएक गरी भत्काउन बाह्य शक्तिहरू सक्रिय रहेको कुरा आउनु ज्यादै गम्भीर र आपत्तिजनक छ । नियन्त्रित अस्थीरतामार्फत आफ्नो सामरिक स्वार्थ पूरा गर्ने पुरानै खेल नदोहोरियोस् ! सबै सतर्क रहौं !’
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० ०७:०९













