News Griha :: न्यूजगृह
कति छ बजारमा फलफूल र तरकारीको मूल्य ?

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी  र  फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम ५० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, सेतो आलु २७ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी रहेको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७०, तने बोडी २५, राजमा घिउ सिमी ११०, लोकल सिमी ६०, भटमासकोशा ११०, तिते करेला ४०, लौका ४०, परवल ८०, पाकेको फर्सी ४५, घिरौंला ४०, भिण्डी ६०, स्कूस ४०, कन्य च्याउ ९० रुपैयाँ, डल्ले च्याउ २८०, बन्दा १०, कुरीलो ३००, ब्रोकाउली ६०, लोकल काँक्रो ९० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो प्याज ८०, रायो साग ४०, धनियाँ ५० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४०, भारतीय दसहरी आँप २२०, मौसम १५०, अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २५०, आभोकाडो ४०० र मेवा नेपाली ६० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०७:५६
Weather Update