‘राजनीतिक अस्थिरता देशको ठूलो समस्या’

काठमाडौं— नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता देशको ठूलो समस्या भएको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा विषयक अन्तर्क्रियामा उनले राजनीतिक स्थिरता नहुनाले तमाम क्षेत्रहरू प्रभावित भएको भन्दै राजनीतिक अस्थिरता देशको ठूलो समस्या भएको बताएका हुन् ।
‘नेपालका राजनीतिक पार्टीहरूले देशभित्र रहेर राष्ट्र र जनताको हितमा काम गर्छौं भन्छन् भने छलफल गरेर साझा धारणा बनाउनुपर्छ । राजनीतिक अस्थिरता साँच्चै भन्ने हो भने मुलुकको सबैभन्दा ठूलो समस्या हो,’ उनले भने,‘राजनीतिक स्थिरताको अभावमा मुलुकको सबै क्षेत्र समस्यामा छन् ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी दिनमा राजनीतिक स्थिरताको लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली छलफलको विषय नबने अगाडि बढ्न नसकिने बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० ०८:०९













