News Griha :: न्यूजगृह
सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार पूर्णता पाउँदै

सुदूरपश्चिम— मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार पूर्णता पाउँदैछ ।

प्रदेश सरकार गठन भएको सय दिन पुगेको सन्दर्भमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सरकारले पूर्णता पाउन लागेको जानकारी दिए । 

‘सत्ता गठबन्धनमा रहेका सबै दल सरकारमा सहभागी हुने विश्वास मलाई छ,’ उनले भने, ‘आज साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाइसक्छ ।’ रासस

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ११:३३
Weather Update