नीति तथा कार्यक्रम
मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम अनुमोदन गर्ने

काठमाडौं— शुक्रबार मन्त्रिपरिषद् बैठक बस्दै छ।
संसद्मा शुक्रबार अपरान्ह प्रस्तुत गरिने नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठक सिंहदरबारमा मध्यान्ह १२ बजे बस्ने छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० ११:३३













