News Griha :: न्यूजगृह
तामझाम बिनै राष्ट्रपति पौडेल संसद् भवन जाने, सर्वसाधारणले खेप्नुपर्ने छैन हैरानी 

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार अपरान्ह सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् ।

सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न बिना तामझाम सङ्घीय संसद् भवन जाने भएका हुन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरले भने, ‘सडक खाली गराएर तामझाम हुँदैन । त्यसका लागि संसद् पुग्ने बेलामा बग्गी अगाडि लाग्छ । राष्ट्रपति निवासबाट तामझाम हुँदैन।’ 

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पुरानो परम्परा त्यागेका छन् । यसअघि राष्ट्रपतिको सवारीमा सर्वसाधारणले हैरानी खेप्न बाध्य थिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ११:४८
Weather Update