News Griha :: न्यूजगृह
सरकारकाे नीति तथा कार्यक्रम पारित

काठमाडौं— मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । बैठक ४ बजेका लागि बोलाइएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १३:५५
Weather Update