आर्थिक परिसूचकहरू सकरात्मक

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देशको आर्थिक परिसूचकहरू सकरात्मक हुँदै गएको बताएका छन् ।
राष्ट्रपति पौडेलले सङ्घीय संसदलाई सम्बोधन गर्दै वर्तमान सरकार गठन भएपछि भ्रष्टाचार नियन्त्रणमा श्रन्य सहनशीलता अपनाएको बताए ।
‘विदेशी मुद्रा सञ्चिति बढेको छ । राजस्व चुहावटलाई कडाइका साथ अघि बढाइएको छ,’ उनले भने, ‘सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ ।’
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १६:२३













